यात्रुको पीडा: ‘बसमा राम्रो सिट दिन्छु भनेर दुख मात्र दिन्छन’

भक्तराज जोशी

धनगढी । दशैँ-तिहार सकिएसंगै धनगढी बसपार्कमा कर्मथलो फर्किनेको भीड लागेको छ । 

दशैँअघि उच्च शिक्षा हासिल गर्न तथा रोजगारीको शिलशिलामा गाउँ छोडेर शहर पसेकाहरु  चाडबाड मान्न घर फर्किएका थिए । तर चाडबाड नै सकिएपछि तिनै नागरिक फेरी शहर फर्किन थालेका छन् ।

SHIKHAR COOL TECH

एकैचोटि कर्मथलो फर्किने बढेपछि धनगढी बसपार्क यात्रुले भरिएको छ । 

त्यसैमाथि बसपार्क पुग्ने यात्रुहरुको गुनासो फेरी झन् बेग्लै छ । दशैँअघि गाउँ आउने बेलामा सार्वजनिक यातायातमा देखिएको समस्या कर्मथलो फर्किनेबेला फेरी दोहोरिएको यात्रुहरुले गुनासो गरेका छन् ।

बसपार्क पुगेकी रुपा सुनारले पनि गाउँ फर्किने बेला भोग्नुपरेको दुख फेरी दोहोरिएको बताएकी छिन । चाडबाडका बेला यात्रुहरुको अत्याधिक भीड हुने हुँदा यातायात व्यवसायीहरुले भाडासंगै सिटमा पनि ठग्ने गरेको उनले गुनासो गरिन ।

‘भाडा त महँगो हुन्छ नै सिटमा पनि ठग्छन’, उनले भनिन, ‘सुरुमा अगाडिको राम्रो सिट दिन्छु भन्छन, टिकट काटिसकेपछि  पछाडी लगेर राख्छन, दुख मात्र हुन्छ ।’

उनले हरेक वर्ष दोहोरिने यो समस्या निराकरणका लागि सरकार गम्भीर हुनुपर्ने बताएकी छिन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार