धनगढीमा सुरु भयो ब्याडमिन्टन प्रतियोगिता

धनगढी : धनगढीमा मेन्स ओपन डबल्स तथा बी लेबल मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएकाे छ।

ॐ श्रीनगर स्पाेर्टस् क्लबकाे आयाेजनामा सुरु भएको ३ दिने प्रतियोगिताको सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेकी हुन्।

Seti Hospital

शुभ दीपावली तथा छठकाे अवसरमा याे ब्याडमिन्टन प्रतियोगिता आयाेजना गरिएकाे आयाेजक क्लबले जानकारी दिएको छ।
कार्तिक २२ देखि २४ गतेसम्म धनगढी कभर्डहलमा उक्त प्रतियोगिता हुने क्लबका अध्यक्ष डाक्टर प्रेमप्रकाश रेग्मीले बताए।

ए लेभलमा राष्ट्रिय स्तरमा खेलेका खेलाडी सहभागी छन् भने विभागीय खेलाडीको पनि सहभागीता छ। प्रतियोगितामा देशभरिका विभिन्न शहरबाट १ सय ५६ जना खेलाडी सहभागी हुने छन्। मेन्स ओपन डबल्सतर्फ २० र बी लेभलमा ५८ टिम सहभागी छन्।

प्रतियोगितामा मेन्स ओपन डबल्समा प्रथम हुनेले १ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै दोस्रो हुने टिमले ५० हजार.नगद, ट्रफी र प्रमाणपत्र प्राप्त र तेस्रो हुनेले ३० हजार.नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा बी लेभल ओपन मेन्स डबल्समा प्रथम हुनेले ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै दोस्रो हुने टिमले ३० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुनेले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार