काठमाडौँ : पूर्वगृह मन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा २५ दिनको म्याद मागेको हो । प्रहरीले २५ दिनको म्यान मागे पनि लामिछानेको पक्षबाट बहस गर्ने अधिवक्ताले अनुसन्धान भइसकेको दाबी गर्दै छाड्न माग गरेका थिए ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा उनको पक्षका अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गरेका थिए । अदालतमा म्याद थप गर्ने वा नगर्ने भन्नेबारेमा पक्ष विपक्षबीच बहस सकिए पनि न्यायाधीशले आदेश सुनाउन बाँकी छ ।
यही कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्