बैतडीमा १ हजार जनाले लगाए कोभिड–१९ विरुद्धको फाइजर खोप

बैतडी : बैतडीको सुर्नया गाउँपालिकामा १ हजार जनाले कोभिड–१९ विरुद्धको फाइजर खोप लगाएका छन् ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार ८ ओटै वडाका खोपकेन्द्रमार्फत १ हजार २ जनाले कोभिड विरुद्धको खोप लगाएका हुन् ।

dashain shuvakamana
Discovery School

सुर्नयामा यही कार्तिक ११ र १२ गते खोप अभियान सञ्चालन भएको थियो । कोरोना भाइरसको संक्रमणबाट बचाउनका लागि जिल्लाभरी खोप अभियान सञ्चालनमा रहेको छ ।

जिल्लामा यही कार्तिक २८ गतेसम्म कोभिड विरुद्धको फाइजर खोप दिने तालिका रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार