बाजुरा : जिल्ला अस्पताल बाजुरामा कार्यरत कर्मचारीहरूले प्रत्येक हप्ता को शुक्रवार नियमित सरसफाइ अभियान सुरु गरेको छ ।
अस्पताल बाजुरामा कार्यरत कर्मचारी हरूको सहकार्यमा अस्पताल क्षेत्रमा भित्रमा रहेका फोहोर हरू लाई व्यबस्थीत बनाउन सबै कर्मचारी हरूको सहयोग रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले बताएका छन् ।
जिल्ला अस्पताल बाजुरामा नयाँ भवन निर्माण भएपछि यसलाई व्यबस्थीत तरिकाले चलायमान बनाउन सबैको आवश्कता भएकोले जिल्ला स्थित सबै सरोकार वाला सँग समन्वय गरेर अगाडि बढ्ने पनि बताए ।
सरसफाइ अभियान पहिला देखि सुरुवाती गरे पनि बबस्थित तरिकाले हिजो बाट लागुहुनेगरि नियमित सञ्चालनमा ल्याउने प्रमुख डाक्टर यादवले बताएका छन्। प्रत्येक शुक्रवार सबै स्टाफहरू मिलेर अस्पताल परिसरमा सरसफाइ गरिने जानकारी दिए । अस्पताल सर सपाइले कीटाणु जन्य सर्ने रोगहरूमा कमी आउने अस्पतालको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्