छेडेदह गोल्डकप २०८१ कन्सर्न बाजुराले जित्यो !

बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको आटिचौरमा सञ्चालन भएको छैटौँ संस्करण तथा छेडेदह गोल्डकप २०८१ को उपाधि कन्सर्न बाजुराले जितेको छ। 

समूह चरण र सेमी फाइनलबाट उपाधिका लागि फाइनलमा पुगेको कन्सर्न बाजुराले बडीमालिका–९ लाई पराजित गर्दै पाँचौँ पटक उपाधि हात पारेको हो। आज भएको खेलमा कन्सर्न बाजुराले बडीमालिका–९ लाई ४–२ ले पराजित गरेको छेडेदह गोल्डकपमा खेल संयोजक कृष्ण ओलीले जानकारी दिए।

Seti Hospital

खेल सुरु भएको ३० मिनेटमा कन्सर्न बाजुराका जीवन रावलले पहिलो १ गोल गरेका थिए। लगत्तै ओमप्रकाश बोहराले १ गोल र हृदयन्द्र सिंहले १ गोल गरे। खेलको दोस्रो हापमा सिंहले १ गोल थपे। बडीमालिका–९ का राजेश थापाले १ गोल र सुमन विकले १ गोल गरे।

खेलको दोस्रो हापमा विक र थापाले जवाफमा कन्सर्नविरुद्ध दुई गोल हाने पनि कन्सर्नले ४ गोल हानेपछि उपाधि जितेको हो।यसअघि छेडेदह गोल्डकप प्रतियोगितामा समूह चरणबाट नै बाहिरिँदै आएको बडीमालिका–९ यसपटक फाइनलमा प्रवेश गरेको थियो।

अङ्क तालिकाका आधारमा कन्सर्न बाजुरा र बडीमालिका देखिएपछि दुईवटै क्लबबीच फाइनलको प्रतिस्पर्धा भएको क्लबका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले बताए। असोज ३ गतेबाट सुरु भएको छेडेदह गोल्डकप प्रतियोगिता कात्तिक ९ गते समापन भएको हो। छेडेदह गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार