बाजुरा : बाजुराको छेडे दह गोल्ड कप तथा छैटौँ संस्करणको फाइनमा कन्सर्न बाजुरा र बडीमालिका भिड्ने भएका छन् ।
हिजो भएको सेमी फाइनका खेलमा बडीमालिका-९ ले आयोजकलाई ३-० ले हराउँदै फाइनलमा पुगेको हो ।
यस्तै कन्सर्न बाजुराले गौमुललाई पराजित गरेको छ । साबिकको चार पटक विजेता बनेको कन्सर्न बाजुराले गौमुललाई ४-१ ले पराजित गर्दै फाइनलमा पुगेको छेडे दह गोल्ड कपका खेल संयोजक कृष्ण ओलीले जानकारी दिएका छन् ।
आज हुने फाइनल गेम कन्सन बाजुरा र बडिमालिका ९ बिच प्रतिस्पर्धा साथ दिउसो १२ बजे बाट खेल सञ्चालन गरिने छ । कन्सन बाजुरा ४ पटक विजेता हो भने बडिमालिका ९ पहिलो पटक फाइनल भिड्ने आयोजक ले बताएका छन् ।
प्रथम विजेता हुनेले ३ लाख लिने छ भने उपविजेता ले दुई लाख मा चित्त बझाउने बताएका छन् । खेलको समापन जिल्ला समन्वय प्रमुख तुलसीराम रोकायाले गर्ने छन् । खेल समापन आज नै हुने बताएका छन्
प्रतिक्रिया दिनुहोस्