कास्कीमा म्याद थपिएकै दिन रविलाई पक्राउ गर्न रुपन्देही अदालतले पनि दियो अनुमति

काठमाडौँ : कास्की जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएकै दिन रुपन्देही जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउको अनुमति दिएको छ। 

जिल्ला अदालत रुपन्देहीले बिहीवार लामिछानेसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले  जानकारी दिए। 

उनले ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको जानकारी दिए। यो अनुमतिसँगै अब लामिछानेमाथि रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ। 

उक्त सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

अहिले लामिछाने कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन्। आज दोस्रो पटक उनीमाथिअनुसन्धानका लागि ७ दिन म्याद थप भएको छ। यसअघि पहिलो पटक ६ दिन म्याद थप भएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार