राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार भट्टले गरे एमालेमा प्रवेश

बैतडी : राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीका पूर्व जिल्ला संयोजक प्रकाशचन्द्र भट्ट नेकपा एमाले प्रवेश गरेको छ । बैतडीबाट २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार भट्ट एमालेमा प्रवेश गरेका हुन।

आइतबार सम्पन्न एमालेको जिल्ला कमिटिको बैठकमा भट्टलाई एमालेमा केन्द्रीय सदस्य लिलाधर भट्टले स्वागत गरेका छन् ।
भट्टले एक विज्ञप्ती नै जारी गरी रास्वपा परित्याग गरेर एमालेमा प्रवेश गरेको जनाएका छन् ।

dashain shuvakamana
Discovery School

पार्टी नेतृत्व जनभावना र मर्म अनुरुप चल्न नसकेको तथा सुझाव सल्लाह दिदापनि कुनै परिवर्तीत जनअपेक्षित आधार हुन नसक्ने र चरम चाकरीबाजमा लिप्त भएको हुदा पार्टी परीत्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले प्रतिनिधिसभा चुनावमा १४ सयबढी मत ल्याएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार