रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

काठमाडौं : कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

dashain shuvakamana
Discovery School

सहकारी ठगी प्रकरणमा लामिछाने गत शुक्रबार (कात्तिक २ गते) काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो ।यसअघि, अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो ।

तर, रास्वपाले लामिछानेलाई पोखरा ल्याएर बयान नलिएको भन्दै आक्रोश व्यक्त गरेको छ । बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले आक्रोश पोखेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार