बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पिपिएल–४मा बुधबार पनि दुई खेल सम्पन्न

बैतडी : बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिग (पिपिएल–४)मा बुधबार पनि दुई खेल सम्पन्न भएका छन् ।
आज भएको पहिलो खेलमा पाटन स्टारले सिगासलाई ७ विकेटले हराएको हो भने दोस्रो खेलमा निङ्ग्लासैनीले सप्रालिलाई ६९ रनले पराजीत गरेको हो ।

आज भएको पहिलो खेलमा पाटन स्टारका बिरुद्ध सिगासले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरको समाप्तीमा ६ विकेट गुमाउदै १२८ रन बनाएको थियो । सिगासका विपिन बोहराले ३५, शृजनसिह ऐरीले २३ तथा नवराज धामीले १७ रनको योगदान गरेका थिए ।

dashain shuvakamana
Discovery School

पाटन स्टारका आयुष ठगुन्नाले २ विकेट लिए ।१२९ रनको बिजय लक्ष्य पछ्याएको पाटन स्टारले १५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य भेट्टाएको हो । पाटनका सुर्दशन भट्टले ६१ रनको अर्धशतकिय इनिङ खेले । यस्तै बिष्णु बिष्टले ४१ रनको योगदान दिए । सिगासका अनिल ऐरीले ३ विकेट लिए ।
पाटनका सुदर्शन म्यान अफ दि म्याच चुनिए ।

आजै भएको दोश्रो खेलमा सप्रालिका विरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको निङ्गलाशैनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १९४ रन बनायो । निङग्लाशैनिका बिक्रम बोहराले ५७ रनको अर्धशतकिय इनिङ् खेले । दिपक बोहराले ३६ रनको योगदान गरे । सप्रालिका प्रकाश भाटले २ विकेट हात पारे ।

१९५ रनको विजयी लक्ष्य पछ्याएको सप्रालिले १६ दशमलव २ ओभरमा अल आउट हुँदै १२५ रन मात्रै बनाउन सक्यो । उसका लागि राजु भाटले ३६ रनको योगदान गरे । निङ्ग्लाशैनिका ऋषिकेश बोहराले ३ तथा बसन्त बोहराले २ विकेट लिए ।

निङ्ग्लाशैनिका बिक्रम बोहरा म्यान अफ द म्याच चुनिएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए । आज भएको खेलमा निङ्ग्लाशैनिको पहिलो जित हो भने प्रतियोगिताबाट बाहिरीएको पाटन स्टारको सान्त्वना जित हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार