गोदावरी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगीता आयोजना हुने

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा गोदावरी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । नगरपालिकाको वडा नं. १० मा रहेको न्यू ग्वासी सहारा यूवा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीताको जानकारी दिएको छ । यही कार्तिक १० गतेदेखी सुरु हुने प्रतियोगीताको प्रथम पुरस्कार राशी नगद १ लाख १ हजार १११ रुपैया तथा द्धितिय पुरस्कार राशी ५१ हजार १११ रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।

dashain shuvakamana
Discovery School

प्रतियोगीताको म्यान अफ द सिरिजलाई नगद रु. २ हजार १११ तथा बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई नगद रु. १ हजार ५११ रुपैया राखिएको प्रतियोगीता संयोजक क्बलका सचिव अरुण भण्डारीले जानकारी दिए । उनले प्रतियोगीताको राईजिङ प्लेयरलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताए । त्यसका साथै यसपटक प्रतियोगीतामा फेयर प्ले पुरस्कार पनि राखिएको भण्डारीले बताए । भण्डारीका अनुसार प्रतियोगीतामा अनुशासित भएर खेल खेल्ने टिमलाई फेयर प्ले पुरस्कार प्रदान गरिने छ । जसको पुरस्कार राशी नगद रु. ५ हजार १ सय रहेको छ ।

क्लबकै खेलमैदानमा हुने प्रतियोगीतामा देशभरका जस्तो सुकै खेलाडीहरुलाई पनि सहभागि गराउन सकिने क्लबका सल्लाहकार भुवन भट्टले जानकारी दिए । उनले लिग कम नकआउट चरणमा प्रतियोगीता सञ्चालन गरिने बताए । उनका अनुसार लिग चरणका खेलहरु १५ ओभर र नक आउट चरणका खेलहरु २० ओभरका खेलाईनेछ ।

क्लबले यसअघि गोदावरी नगरपालिकास्तरिय मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ । यसपटक पनि सोही संस्करण आयोजना गर्ने भनिएपनि नगरपालिकाले सहयोग नगर्दा गोदावरी प्रिमियर लिगको पहिलो संस्करण आयोजना गर्न लागिएको भट्टले बताए । ‘हामीले मेयर कप कै संस्करण खेलाउने भन्दै नगरपालिकासँग अनुरोध गरेका थियौँ’ उनले भने ‘तर नगरपालिकाले आर्थिक अभाव भएको भन्दै सहयोग गर्न नमानेपछि हामीले गोदावरी प्रिमियर लिगको पहिलो संस्करण सञ्चालन गर्न गईरहेका हौ ।’ उनले आफुहरुले विभिन्न संघसंस्थाहरु सहयोग मागेर प्रतियोगीता आयोजना गरिरहेको बताए ।

यस्तै क्लबका अध्यक्ष केशव खड्काले युवाहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि प्रतियोगीता आयोजना गरिरहेको बताए । उनले स्थानियस्तरमा खेलाडीहरु उत्पादन गर्न तथा खेलाडीहरुलाई व्यवसायीकरण तर्फ लैजान प्रतियोगीताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

‘खेलकुदमा अनुशासन, व्यवसायिकता र मजबुत बनाऔ राष्ट्रिय एकता’ भन्ने मुल नाराका साथ प्रतियोगीताको पहिलो संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगीतामा देशभरबाट १६ भन्दा बढी टिमको सहभागिता रहने आयोजकले अपेक्षा लिएको छ ।

पछिल्लो समय युवाहरुको क्रिकेटको क्रेज बढ्दो अवस्थामा रहेपनि राष्ट्रियस्तरका प्रतियोगीताहरु कम भैरहेकाले उक्त प्रतियोगीता प्रभावकारी रुपमा सम्पन्न हुने आयोजकको विश्वास छ । प्रतियोगीताको हस्पिटालिटी पार्टनरका रुपमा न्यू होम टाउन क्याफे तथा मिडिया पार्टनरका रुपमा अत्तरिया अनलाईन डट कम रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार