अभियन्ता उर्मिला चौधरी ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’ द्वारा सम्मानित

काठमाडौं : सामाजिक अभियन्ता उर्मिला चौधरी ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’द्वारा सम्मानित भएकी छन् ।

चौधरीले नेपालमा सीमान्तिकृत जात र जातीय समुदायहरूको मानव अधिकार प्रवर्द्धनमा उल्लेखनीय नेतृत्व र प्रतिबद्धता देखाएको भन्दै अमेरिकी विदेश मन्त्रालयले सम्मानित गरेको हो ।

dashain shuvakamana
Discovery School

चौधरी सम्मानित भएको जानकारी दिँदै काठमाडौंस्थित अमेरिकी दूतावासले लेखेको छ, ‘प्रणालीगत जातीय विभेद, भेदभाव, र जातिवादको विरुद्ध उहाँले गर्नुभएको अथक काम, साथै शिक्षामा समान पहुँच, न्याय, र आर्थिक विकासको पक्षमा उहाँको अथक योगदान वास्तवमै प्रेरणादायी छ ।’

पूर्वकमलरीसमेत रहेकी उर्मिला कमलरीमुक्त अभियानमा संलग्न भएकी अभियन्ता हुन् । ११ वर्ष ‘कमलरी-जीवन’ बिताएकी उर्मिला २०६३ माघ १ मा मुक्त भएसँगै त्यही अभियानमा जोडिएकी थिइन् ।

चौधरीसहित विभिन्न देशका ६ जना अभियन्ताले अवार्ड पाएका हुन् । अवार्ड पाउने अन्यमा घानाका दिन्ताइ सुल ताइरु, नेदरल्यान्ड्सका जोन लीरड्याम, उत्तर म्यासेडोनियाका एल्भिस शाकजिरी, मेक्सिकोकी तान्या दुआर्त र बोलिभियाकी तोमासा यार्हुइ ज्याकोम छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार