मैले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसके : प्रेम आले

काठमाडौं : सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन् । नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए ।

आलेले भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेपा एस छाडिकेको छु । अहिले म तटस्थ छु । कतै जाने सोचेको छैन । मैले नेकपा एसको त महाधिवेन नै बहिष्कार गरेँ । त्यहाँ त म रहँदै रहन्नँ ।’

dashain shuvakamana
Discovery School

तर, तपाईं एमालेमा जाने तयारी भइरहेको बताइन्छ नि भन्ने जिज्ञासामा उनले थपे, ‘जाँदिनँ, जाँदिनँ, एमालेमा कुनै हालतमा गइन्नँ । त्यो पार्टी छाडेर आएको फेरि त्यो पार्टीमा किमार्थ जान्नँ ।’

उनले आफू एक्लै रहेको भन्दै नेकपा एसका अरु नेताहरूको बारेमा थाहा नभएको बताए । नेकपा एसमा आलेसहित एमालेबाट अलग्गिँदा माधव नेपाललाई काँध थापेका नेताहरू रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ, शेरबहादुर कुँवरलगायतका नेता यतिबेला असन्तुष्ट छन् ।

प्रधानमन्त्री केपी ओलीले नेकपा एसलाई लक्षित गर्दै राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा छ । त्यही विषयमा हिजो कांग्रेस सभापति शेरबहादुर देउवासहित एमाले९कांग्रेसको शीर्ष तहमा छलफल भएको बताइन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार