काठमाडौं : पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ।
डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका मिश्रको उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ।साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए।
७२ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।
प्रतिक्रिया दिनुहोस्