सभापती लामिछाने पक्राउ परेपछि रास्वपाको जिल्ला भेला स्थगित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला अधिवेशनहरू तत्लकालाई स्थगित गरेको छ ।

dashain shuvakamana
Discovery School

पार्टी सभापती रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले अधिवेशन स्थगित गर्न निर्देशन दिएको हो । गत बिहीबारदेखि रास्वपाले जिल्ला भेला सुरु गरेको थियो ।

रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न सर्कुलर गरेको छ । र, पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार