विकाससंगै मौलिकता जोगाउँदै धनगढी उपमहानगरपालिका (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिकाले धमाधम पाटीपौवा र चौताराहरु पुनर्निमाण तथा रंगरोगन गरिरहेको छ । मोर्डन तथा डोजरे विकासले मौलिकता नै मासिन थालेपछि उपमहानगरपालिकाले नगरभित्रका पाटीपौवा तथा चौताराहरु पुनर्निमाण गर्नुका साथै रंगरोगन गर्न सुरु गरेको हो ।

धमाधम नयाँ नयाँ आधुनिक संरचना बनाउनुपर्ने र आधुनिक विकास गर्नुपर्छ भन्नेहरु धनगढी उपमहानगरपालिकाको यो कदमले आश्चर्य त भएका छन् नै, सँगै मौलिकता जोगिने भन्दै मख्खसमेत छन् ।

dashain shuvakamana
Discovery School

त्यसो त चौतारा र पाटीपौवा पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण मात्रै छैनन, बरु मौलिक परम्परा, संस्कृति, धार्मिक र सामाजिक भावनासँग अन्तरसम्बन्धित पनि छन् । र त्यही सम्पदा र सम्पत्तिको संरक्षणमा उपमहानगरपालिका अग्रसर बनेपछि अहिले धनगढी उपमहानगरपालिकाको सौन्दर्यतासँगै मौलिक अस्तित्व पनि उजागर हुँदै गएको छ । हाल विभिन्न वडामा रंगरोगन गरेर चिटिक्क सजाइएका चौतारा तथा पाटीपौवाले धनगढीको सौन्दर्यतामा झनै मिठास थपेको छ ।

यसै पनि धनगढीका मेयर गोपाल हमाल विकाससँगै मौलिकता र पर्यावरण जोगाउने कुरामा सुरुदेखि नै सचेत छन् । धनगढीलाई स्मार्टसँगै ग्रिन सिटी बनाउने उपमहानगरको योजनामा पाटीपौवा तथा चौताराको पुनर्निमाण र रंगरोगन गर्ने कार्यले अर्को इँटा थपेको नगरबासीहरुले बताएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार