डडेल्धुराको अमरगढीमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

जनहितकारि युवा क्लव अमरगढी-१ को आयोजनामा अमरगढी नगरपालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने क्लवका अध्यक्ष सुरत तमोलीले बताए ।

dashain shuvakamana
Discovery School

तिहारको अवसर पारी कार्तिक १४ र १५ गते अमरगढी-१ को मालममा भलिबल प्रतियोगिता तथा विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुति सहितको साँस्कृतिक कार्यक्रम आयोजना गरिने बताइएको छ ।

प्रतियोगिताको विजेता टिमले २५ हजार नगद, उपविजेताले १३ हजार र तृतीय हुने टिमले नगद ६ हजारसहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार