सहकारी प्रकरणमा दोषी देखिएका रवि लामिछानेलाई पक्राउ गर्ने विषयमा बालुवाटारमा छलफल

काठमाडौं : सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा शीर्ष तीन दलबिच छलफल भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष तीन राजनीतिक दलका नेताहरूको बैठकमा सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल भएको हो ।

dashain shuvakamana
Discovery School

बैठकमा सहकारी प्रकरणमा दोषी देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने विषयमा पनि छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी छानबिन समितिको प्रतिवेदनका विषयमा सामान्य कुरा राखेका थिए ।

‘सहकारीकै विषयमा त छलफल भएन, शीर्ष नेताहरू बसेको बेलामा कुरा त उठ्ने नै भयो,’ती नेताले मकालुखबरसँग भने,‘प्रतिवेदनले भने अनुसार नै कारबाही र कार्यान्वयन गर्नुपर्छ भन्ने मत सबैले राख्नुभयो ।’

प्रधानमन्त्रीको सहकारीको प्रसङ्ग उठाएपछि बैठकमा सहभागी नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक, नेकपा(माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले पनि उक्त प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार