बैतडीमा २० हजार बढी बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै !

बैतडी : बैतडी जिल्लाका ६ देखि ५९ महिनासम्मका २० हजार ७१२ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भोलि र पर्सि बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधी र बालभिटा खुवाउने कार्यक्रम रहेको सूचना अधिकारी लेखकले बताए ।

dashain shuvakamana
Discovery School

जिल्लामा १२ देखि ५९ महिनासम्मका १८ हजार १९५ जना बालबालिकालाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ । त्यस्तै, ६ महिनादेखि २३ महिनासम्मका ७ हजार ४५५ जना बालबालिकालाई बालभिटा खुवाउने लक्ष्य छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार