एकीकृत बस्ती पुनर्निर्माण गर्ने बताउँदै : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानले क्षति पुर्‍याएको क्षेत्रमा एकीकृत बस्ती पुनर्निर्माण गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा खोटाङको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै ओलीले यस्तो बताएका हुन् । ओलीले सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाको साथ तत्काल पुनर्निर्माण र पुनः व्यवस्थापन गर्ने बताएका हुन् ।

dashain shuvakamana
Discovery School

‘हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनर्निर्माण र पुनः व्यवस्थापनका काम अघि बढाइने बताउनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनर्निर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरू निर्माणबारे निर्णयहरू गरिने जानकारी गराउनुभयो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार