बाजुराको खप्तड छेडेदहमा नेपाली काँग्रेसको विरोध

बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालिकाले योजना विनियोजनमा व्यक्तिगत मुखी गरेको भन्दै नेपाली काँग्रेस खप्तड छेडेदह गाँउकार्यसमितिले विरोध जनाएको छ । आइतबार पालिकामा नेपाली काँग्रेसले पालिकामा ज्ञापन पत्र बुझाएको छ ।

गाउँपालिकाको २०८१÷०८२ बजेटमा कार्यकर्ता मुखी आवश्यकता भएको स्थानमा योजना नपारेको भन्दै उनीहरूले आइतबार पालिकामा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको नेपाली काँग्रेस खप्तड छेडेदह गाँउकार्यसमितिका सभापति हर्कबहादुर रावतले जानकारी दिएका छन् ।
माग पुरा नभए चरणबद्ध आन्दोलनमा रहेको बताउँदै काँग्रेसले बजेट संशोधन गर्न माग गरेको छ ।

dashain shuvakamana
Discovery School

विरोध सभामा पुर्व गाउँपालिका अध्यक्ष नरबहादुर रावत पर्व गाउँपालिका वडा न ६ का वडा अध्यक्ष तथा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य कुम्भनाथ योगी लगायतले सम्बोधन गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार