व्यक्ति र संस्था तोकेर ल्याइएका योजना कार्यान्वयन नहुने : मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशमा व्यक्ति र संस्था तोकेर ल्याइएका योजना कार्यान्वयन नहुने भएका छन् । प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमा अटाएका त्यस्ता योजना कार्यान्वयन नगर्न मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिइएको हो ।

प्रदेश विकास समस्या समाधानको बैठकमा शाहले भने, ‘कृषि मन्त्रालयअन्तर्गत अनुदानका योजना व्यक्ति र संस्था विशेषका छन् भन्ने गुनासो आएको छ । व्यक्ति र संस्था तोकेर गएका योजना कार्यान्वयन नगर्न म स्पष्ट रूपमा निर्देशन दिन चाहन्छु ।’ उनले प्रदेश सरकारका कुनै पनि योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन नगराउन पनि निर्देशन दिएका छन् ।

dashain shuvakamana
Discovery School

‘सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट जारी भएको चार बुँदे सहमति स्पष्ट पालना गरी योजना कार्यान्वयन गर्न निर्देशन दिन चाहन्छु,’ उनले भने, ‘प्रदेश सरकारले कार्यान्वयन गर्ने कुनै पनि योजना उपभोक्ता समितिबाट कार्यान्वयन भए कारबाही हुन्छ । ठेक्कामार्फत योजना कार्यान्वयन गर्न निर्देशन दिन्छु ।’

यस्तै आगामी आर्थिक वर्षमा प्रदेश सरकारले ल्याउने बजेट तथा कार्यक्रमलाई ठीक रूपमा अगाडि बढाउन योजनाको छनोट, योजनाको तर्जुमा, योजनाको विनियोजन तथा निर्माणमा प्रदेशसभा सदस्यको अपनत्व रहने गरी एक कार्यदल गठन गर्ने पनि निर्णय भएको छ ।

प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको बैठकमा प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, सचिव र निति तथा योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका अध्यक्ष, मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार