बाजुरामा छेडेदह स्पोर्टस् क्लबको आयोजनामा गोल्डकप हुने

बाजुरा : छेडेदह स्पोर्टस् क्लबको आयोजनामा कात्र्तिक १ देखि ७ गतेसम्म गोल्डकप हुन लागेको हो। हरेक वर्ष दशैं तिहार विशेष हुने फुटबल प्रतियोगिता यो वर्षदेखि गोल्डकपको रुपमा आयोजना गर्न लागिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताए।

खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्टस् क्बलको सहकार्यमा गोल्ड कप आयोजना हुन लागेको हो। गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ। खेल क्षेत्रको शान, छेडेदह गोल्डकप बाजुराको पहिचान भन्ने नारा दिएर आयोजना गर्न लागिएको आयोजकले बताएको छ। 

SHIKHAR COOL TECH

यस अघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हूँदै आएको थियो। पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए।

सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको हो। गोल्डकपमा उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्ता गरि पाँच विधामा थप पुरस्कार दिइने छ। भने पालिकाको लिखित सिफारिस पत्रमा पनि खेलाडीकोसमेत नाम उल्लेख गरि पठाउनु पर्ने प्रावधान राखिएको अध्यक्ष लोकेन्द्र खड्काले जानकारी दिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार