ओली, देउवा र दाहालले देश बिगारे : राजेन्द्र लिङ्देन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द लिङदेनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन्।

केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका ठूला दलका नेताहरुले देशलाई बिगारेको उनको जिकिर थियो।

झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूलो दलहरु सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताए। 

उनले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्ष भित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने बताए। अध्यक्ष लिङदेनले राजनीतिमा भ्रष्ट र बेइमानहरुको विगविगी रहेको पनि बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार