श्री एयरलाइन्सले आजदेखि काठमाडौं-भरतपुर उडान भर्ने

काठमाडौं : श्री एयरलाइन्सले आजदेखि काठमाडौं-भरतपुर-काठमाडौं रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु ४००–८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ।

‘शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ’, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, ‘नियमित उडान सुरु भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ ।’

Seti Hospital

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन । एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ ।

उनका अनुसार एकतर्फी भाडा चार हजार पाँच सय राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार