दशैँमा पनि व्यापार शून्य, धनगढीका व्यवसायी तनावमा

भक्तराज जोशी

धनगढी । कोरोना महामारी र आर्थिक मन्दीका कारण सुस्ताएको व्यापार दशैँ तिहारमा बढ्ला भनेर कुरेका व्यापारी दशैँमा सोचेको जस्तो व्यापार नहुँदा तनावमा छन् ।

दशैँ सुरु भइसक्दा पनि व्यापार नभएपछि धनगढीका अधिकांश व्यापारी खुसी छैनन् । बरु दशैँमा पनि व्यापार नहुँदा झन निराश बनेका छन् । विगत दुई वर्षदेखि धनगढीको हस्पिटल लाइनमा कपडा व्यवसाय गर्दै आएका सुमन पनि खासै खुसी देखिन्नन् । महिनौँदेखि सुनसानजस्तै बनेको व्यापार दशैँ लागेसँगै चल्छ भन्ने आश गरेका सुमन व्यापार नभएपछि झन् तनावमा छन् ।

dashain shuvakamana
Discovery School

उनी भन्छन्, दशैँमा राम्रो व्यापार हुन्छ भन्ने लागेको थियो । त्यही भएर दशैँका लागि सामान पनि हालेँ तर व्यापार भएन । उनले विगतमा जस्तो बजारमा चहलपहल नभएकाले पनि व्यापार शून्यजस्तै भएको बताएका छन् ।

अर्कोतर्फ धनगढीमा निर्माणाधीन सडकका कारण पनि व्यापारमा धक्का लागेको सुमनको भनाई छ । बाटो निर्माणकै क्रममा भएको र बिग्रिएको बाटोमा हिँड्ने साह्रै कम हुँदा त्यसको प्रत्यक्ष असर व्यापारमा परेको सुमनको भनाई छ । अर्कोतर्फ जताततै सेल लाग्दा आफूजस्ता पसर राखेर व्यापार गर्नेहरु झन् मर्कामा परेको सुमनले बताएका छन् । उनले धनगढीको मूख्य सडकमै सेल पसलहरु खोलिएपछि अन्य व्यापारी मर्कामा परेको भन्दै सेल पसललाई छुट्टै ठाउँमा व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् ।

हस्पिटल लाइनमै कपडा व्यवसाय गर्दै आएका अर्का व्यवसायी राम गुप्ताले पनि अहिले बजारमा व्यापार शून्य रहेको गुनासो गरेका छन् । दशैँमा पनि ग्राहक छैनन्, उनले भने, फ्याट्टफुट्ट मात्र ग्राहक आउँछन्, कहिलेकाहिँ त त्यही ग्राहक पनि आउँदैनन् ।

विगतका दशैँको तुलनामा यसपालिको दशैँमा चहलपहलसँगै पसलकम ग्राहकको संख्या पनि घटेको गुप्ताको भनाई छ ।

पहिलाको तुलनामा अहिले व्यापार व्यवसाय एकदमै घटेको छ, अझ व्यापार छैन नै भन्दा पनि हुन्छ, उनले भने, हाम्रो सिजन भनेको दशैँ तिहार नै हो तर सिजनमा पनि व्यापार छैन, पछि झन् के होला ?

अझ पछिल्लो समय दशैँ तिहारलाई टार्गेट गरेर धनगढीमा लगाइने सेलका कारण पनि व्यापार डामाडोल भएको गुप्ताले बताएका छन् । सानो मार्केटमा जताततै सेल पसल खुल्दा पसल नै खोलोर, भाडा तिरेर, कर तिरेर व्यवसाय सञ्चालन गरेका व्यापारी मर्कामा परेको उनले बताएका छन् । साथै गुप्ताले जथाभावी खुलेका सेल पसलका कारण व्यवसाय धरापमा परेको भन्दै त्यसतर्फ ध्यान दिन उद्योग वाणिज्य संघ कैलालीको ध्यानाकषर्णय गराएका छन् ।

यसका साथै आफूहरुले थोरै पीस ल्याउँदा पनि भन्सार तिर्नुपर्ने तर आम सर्वसाधारणले बढी संख्यामा सामान ल्याउँदा भन्सार तिर्नु नपर्ने हुँदा पनि व्यापारी मर्कामा परेको गुप्ताले गुनासो गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार