मतदातासँग सार्वजनिक सुनुवाइ गर्न रवि लामिछाने शुक्रबार चितवन आउने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन आउने भएका छन् । चितवनको मतदातासँग तेस्रो सार्वजनिक सुनुवाइ गर्ने सभापति लामिछानेले असोज १८ गते (शुक्रबार) चितवनमा आउने भएका हुन् ।

शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा सभापति लामिछानेले सार्वजनिक सुनवाइ गर्न लागेका हुन्। आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप चितवन आउन लागेको उनले बताएका छन्।

dashain shuvakamana
Discovery School

‘सबै मतदातालाई आफ्ना प्रश्नसहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘साथै, जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकाले यो कार्यक्रममा पार्टीको झन्डा, ब्यानर, लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार