कराँते खेलाडी एरिका गुरुङ लगायतका अरु खेलाडीहरूलाई सम्मान

धनगढी : धनगढीमा खेलकुद अवार्ड २०८१ तथा सुदूरपश्चिम प्रदेश कराँते रेफ्री सेमिनार गरिएको छ। कैलाली जिल्ला खेलकुद समिति र सुदूरपश्चिम प्रदेश कराँते महासंघले संयुक्त रुपमा मङ्गलवार धनगढीको कर्भडहलमा खेलाडी सम्मान कार्यक्रम गरेका हुन्।

कार्यक्रममा भर्खरै चीनमा भएको एसियाली खेलकुदमा महिला कुमिते ६८ केजीभन्दा माथिको तौल समूहमा रजत जित्न सफल नेपाली कराँते खेलाडी एरिका गुरुङलगायतलाई सम्मान गरिएको छ।

SHIKHAR COOL TECH

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एरिकासहित नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई सम्मान गरेका थिए। हाल अमेरिका बस्ने धनगढीमा कराँते खेलेका खेलाडी जनकसिंह खड्काले दुई लाख रुपैयाँसहित एरिकालाई सम्मान गरेका थिए। खड्काले यसअघि नै एसियाली खेलकुदमा स्वर्ण जित्नेलाई तीन लाख, रजत जित्नेलाई दुई लाख र काँस्य जित्नेलाई एक लाख दिने घोषणा गरेका थिए।

भुटानमा भएको आठौं दक्षिण एसियाली कराँते प्रतियोगितामा सुदूरपश्चिमबाट राष्ट्रिय टीममा पर्न सफल भएका ६ जना खेलाडीलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार