धनगढीमा नेपाल बैंकका कर्मचारीद्वारा नगरप्रहरी र पत्रकारमाथि दुर्व्यवहार

भक्तराज जोशी

धनगढी । धनगढीमा नेपाल बैंकका कर्मचारीद्वारा नगरप्रहरी र पत्रकारमाथि दुर्व्यवहार भएको छ ।

नगरपालिकाले पटकपटक जारी गरेको निर्देशन अटेर गरेको भन्दै कारबाहीका लागि धनगढीको भन्सार रोडस्थित बैंकको प्रदेश कार्यालय पुगेको नगरप्रहरीको टोली र कल २४ न्युजका सञ्चारकर्मी स्मृति केसी, सावित्री जोशी र सुबोध जोशीमाथि बैंकका कर्मचारीले दुर्व्यहार गरेका हुन् ।

dashain shuvakamana
Discovery School

यसो त बैंक रहेको भवनको सेफ्टी ट्यांकीबाट पानी चुहिएर सडक भरिनुका साथै आवतजावतमा समस्या भएपछि नगरपालिकाले बैंक र घरभेटीलाई तत्काल पानी चुहिने समस्या समाधान गर्न निर्देशन दिएको थियो ।

तर उक्त निर्देशनको अटेर गर्दै सेफ्टी ट्यांकीको पुनर्निमाणमा घरभेटी र बैंक दुवैले चासो नदेखाएपछि नगरपालिकाले सेफ्टी ट्यांकीमा ताला लगाउन खोज्दा विवाद चर्किएको नगरपालिकाका एक कर्मचारीले बताएका छन् ।

‘उहाँहरुको सेफ्टी ट्यांकी लिकेज थियो । लिकेज भएको पानी सडकभरी भरिन्थ्यो । स्थानीयको गुनासोपछि नगरपालिकाले पत्र नै पठायो तर पनि न सेफ्टी ट्यांकी मर्मत भयो न उहाँहरुले नगरपालिकाको निर्देशन मान्नुभयो’, ती कर्मचारीले भने, ‘हदै भएपछि जरिवानासमेत गरेका हौँ, त्यसपछि पनि सेफ्टी ट्यांकी मर्मत नभएपछि नगरप्रहरीको टोली ताला लगाउन गएको थियो ।’

तर ताला लगाउने क्रममा नगरप्रहरी र बैंकका कर्मचारीबीच विवाद भएको ती कर्मचारीले बताएका छन् । विवादकै क्रममा बैंकका कर्मचारीले नगरप्रहरीलाई दुर्व्यहार गर्नुका साथै सञ्चारकर्मीको क्यामेरासमेत खोसेका थिए ।

हाल बैंक रहेको उक्त भवनमा लिकेज भएको सेफ्टी ट्यांकी मर्मत गर्ने सहमति भएको उपमहानगरपालिकाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार