भक्तपुरमा १०० जना ज्येष्ठ नागरिक सम्मानित

काठमाडौं : अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले एक सय जना नगरबासी ज्येष्ठ नागरिकहरूलाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।

भक्तपुर नगरपालिकाका १० वटै वडाका १०–१० जना गरी एक सय जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको हो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ज्येष्ठ नागरिकहरूलाई फूलमाला र दोसल्ला ओढाइ सम्मान गरे।

SHIKHAR COOL TECH

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ज्येष्ठ नागरिकलाई पनि सङ्गठित बनाई सामाजिक गतिविधिमा क्रियाशील बनाउन सके समाजको लागि फलदायी हुने बताए।

परिवार र समाजबाट वृद्धवृद्धाहरु अपहेलित र टाढिने क्रम बढिरहेकोमा चिन्ता प्रकट गर्दै उनले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा सँगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शनको रुपमा काम गर्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार