हिमालयन गौरीशंकर डेन्टल चौथो मिडिया कप फुटसल प्रतियोगिता हुने

धनगढी : धनगढीमा हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा चौथोे संस्करणको हिमालयन गौरीशंकर डेन्टल एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको विजेताले नगद २५ हजार तथा उपविजेताले नगद १५ हजार सहित ट्रफी प्राप्त गर्नेछन् । लिककम नकआउटका आधारमा हुने प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा असोज १६ गते आयोजना गरिन लागेको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिनेश बिष्टले जानकारी दिए ।

dashain shuvakamana
Discovery School

प्रतियोगिताको मुख्य प्रायोजक धनगढीको हिमालयन गौरीशंकर डेन्टल क्लिनिक रहेको छ । मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हिमालयन गौरीशंकर डेन्टल क्लिनिकका सञ्चालक रतन एसके र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिनेश बिष्टले हस्ताक्षर गरे ।

सुदुरपश्चिमको पहिलो निजि क्षेत्रबाट हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले डेढ दशकदेखि दन्त सेवा दिदै आएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालको सटरमा रहेको क्लिनिकले डेढ दशक अघि सुरु गरिएकोमा हाल दन्त अस्पतालको रुपमा सञ्चालन गरिएको छ ।

सेती प्रादेशिक अस्पतालको सटरबाट सरेर अहिले हिमालयन गौरीशंकर डेन्टल सेन्ट्रल डाईग्लोनिष्ट छेउमा सुविधा सम्पन्न रुपमा अत्याधुनिक दन्त सेवा सहित सञ्चालनमा रहेको सञ्चालक रतनकुमार एसकेले बताए । हिमालयन गौरीशंकर डेन्टल क्लिनिक दन्त सेवा, दन्त सेवाका प्रविधि सहित अस्पतालको रुपमा सञ्चालनमा रहेको छ । दन्त उपचारका लागि कुनै पनि अन्य स्थानहरुमा भौतारिन नपरुन् भनेर सुविधाहरु थपिएका छन् ।

डेन्टलमा अहिले विशेषज्ञ तथा बरिष्ठ स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन् । विशेषज्ञ दन्त चिकित्सक सहितको सेवा पनि थालेका छन् । सस्तो मुल्यमा सेवा दिईरहेका क्लिनिकले असहायलाई पुरै निःशुल्क सेवा दिदैं आएका छन् । दन्त उपचारका लागि हिमालयन गौरीशंकर डेन्टल क्लिनिकले अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गरेको छ ।

एनएसजेएफ मिडिया कप फुटसल प्रतियोगिताको सह–प्रायोजकमा निसर्ग हस्पिटल रहेको छ । प्रतियोगितालाई नवजिवन सहकारीले प्रबद्र्धन गरेको छ । प्रतियोगितालाई मायामेट्रो अस्पताल, नोभा अस्पताल, इलाइट युथ क्लव, फ्ल्याटल्याण्ड फुटसल लगायतले सहयोग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार