अमेरिका भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भए : प्रधानमन्त्रीओली

काठमाडौँ : अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । 

उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका थिए । 

dashain shuvakamana
Discovery School

ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्तासमेत गरेका थिए । स्वदेश फर्किएसँगै ओलीले आजै मन्त्रिपरिषद् बैठक राखेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार