बोगटान प्रिमियम लिग असोज २० गतेबाट डोटीमा सञ्चालन हुने

डोटी :  असोज २० गतेबाट बोगटान प्रिमियम लिग हुने भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग (बिपिएल) पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो ।

बोगटान फुड्सिल गाउँपालिका र वडा नम्बर २ को मुख्य प्रायोजन तथा अन्य ६ ओटा वडाको प्रायोजन र बोगटान युवा सञ्जालको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको छ । दसैँ तथा दीपावलीको अवसरमा वडा नम्बर ६ गगुडामा प्रतियोगिता सञ्चालन हुन लागेको युवा सञ्जालका महासचिव समीर केसीले बताए ।

dashain shuvakamana
Discovery School

आयोजकका अनुसार प्रतियोगिताका लागि असोज १८ र १९ गते टिम दर्ता गर्न सकिनेछ । टिम दर्ता शुल्क ३ हजार पाँच सय रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार पुरस्कार पाउनेछ । द्वितीयले नगद ३० हजार, उत्कृष्ट खेलाडीले तीन हजार पाँच सय, उत्कृष्ट ब्याट्सम्यानले दुई हजार र उत्कृष्ट बलरले दुई हजार पाउनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार