बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा खुल्यो

बझाङ । बझाङको साइपाल गाउँपालिकामा एभेरष्ट बैंकको शाखा खुलेको छ । बैंकले साइपाल गाउँपालिकाको धलौनमा शाखा खोलेको हो ।

हरेक स्थानीय तहमा शाखा विस्तार गर्ने राष्ट्र बैंकको निर्देशन अनुसार धलौनमा शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

dashain shuvakamana
Discovery School

गाउँपालिकामा बैंकको शाखा विस्तार भएसँगै नागरिक स्तरमा बैंकिङ पहुँच पुग्नुका साथै सहज रुपमा आर्थिक कारोबार बैंकिङ प्रणालीबाट हुने विश्वास बैंकले गरेको छ । यसअघि साइपालका स्थानीहरु बैंकिङ कारोबार गर्नका लागि चैनपुर पुग्नुपर्ने बाध्यता थियो ।

हाल गाउँपालिकामै बैंकको शाखा खुलेपछि स्थानीयहरु पनि खुसी भएका छन् । अब दैनिक कारोबारमा सहयोग पुग्नुका साथै विगतमा बैंकिङ करोबार गर्न ३ दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भन्दै स्थानीयहरु हर्षित बनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार