स्वदेश फर्कनेलाई नाकामा पानी खुवाएर स्वागत गर्दै रास्वपा

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वदेश फर्किनेका लागि नाकामा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ ।

रास्वपाको सुदूरपश्चिम प्रदेश कमिटिले गौरिफन्टा नाकामा यही असोज १५ गतेदेखि हेल्प डेस्क सञ्चालन गर्ने भएको हो ।

Galaxy

रोजगारीका लागि भारतका विभिन्न शहरहरुमा पुगेकाहरु दशैँतिहार मान्न घर फर्कन थालेसँगै नाकामा नागरिक सहजताका लागि हेल्प डेस्क सञ्चालन गर्न लागेको रास्वपाको सुदूरपश्चिम प्रदेश महामन्त्री तथा प्रवक्ता सन्तोष जोशीले जानकारी दिएका छन् ।

जोशीका अनुसार नाकामा सञ्चालन हुने हेल्प डेस्कमार्फत स्वदेश फर्किने नागरिकलाई पानी वितरण गर्नुका साथै दशैँ तिहारको शुभकामना दिएर स्वागत गरिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार