‘विरेन्द्र ऐश्वर्य पार्कमा व्यवसायिक भवन बनाइनु हुँदैन’- नृप वड

धनगढी । धनगढी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख नृप बहादुर वडले धनगढी(१ स्थित विरेन्द्र ऐश्वर्य पार्कभित्र व्यवसायिक भवन निर्माण गर्न नहुने बताएका छन् ।

विरेन्द्र ऐश्वर्य पार्कभित्र व्यवसायिक संरचना निर्माण गरिनु हुँदैन भन्दै भइरहेको नागरिक खबरदारीमा ऐक्यवद्धता जनाउँदै वडले पनि पार्कभित्र व्यवसायिक संरचना निर्माण गर्न नहुने बताएका छन् ।

dashain shuvakamana
Discovery School

वडले पार्कभित्र निर्माण गर्ने भनिएको व्यवसायिक संरचनालाई स्थानान्तरण गरेर भए पनि विरेन्द्र ऐश्वर्य पार्कलाई सबै नगरबासीको सहज पहुँच र निःशुल्क प्रवेश पाउनेगरी प्राकृतिक पार्कको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले विकासका परियोजनालाई रोक्न नहुने र रोक्ने पक्षमा आफू नभएको स्पष्ट पार्दै विकाससँगै प्राकृतिक सौन्दर्यता र परम्परागत संरचनाको संरक्षण गर्नुपर्ने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार