बैतडीको मेलौली नगरपालिका–१ हरिचनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी

धनगढी : बैतडीको मेलौली नगरपालिका–१ हरिचनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि जग्गा दान गरेका परिवारले मंगलबार दिउँसो मंगलबार दिउँसो १२ बजे स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका हुन् ।

२०७६ सालमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि अढाई रोपनी जग्गादान गरेका हरिराम लुहारको परिवारले स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेको हो ।

dashain shuvakamana
Discovery School

आधारभूत स्वास्थ्य केन्द्रलाई जग्गा उपलब्ध गराउँदा परिवारको एकजनालाई रोजगारी दिने सम्झौता गरिएको थियो । उक्त सम्झौता कार्यान्वयनका लागि बारम्बार आग्रह गर्दा समेत बेवास्ता गरिएपछि तालाबन्दी गरिएको हरिराम लुहारका छोरा देव लुहारले जानकारी दिए ।

रोजगारी दिने सम्बन्धी भएको सम्झौताका बिषयमा नगर प्रमुख भीमबहादुर चन्दलाई भेट्दा समेत वेवास्ता भएपछि आफूहरुले तालाबन्दी गरेको लुहारले बताए ।

आधारभूत स्वास्थ्य केन्द्रमा तालाबन्दी भएपछि स्वास्थ्य सेवा अवरुद्ध भएको छ । केन्द्रले दिने सबै सेवाहरु अवरुद्ध भएको केन्द्रकी प्रमुख अनमी सीता बिष्टले जानकारी दिइन् ।

जग्गादाताको परिवारमध्ये एकजनालाई रोजगारी दिने विषयमा सोमबारको कार्यपालिका बैठकमा छलफल भएको भएको तर टुंगो लाग्न नसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण चन्दले जानकारी दिए ।

हरिराम लुहारको परिवारले स्वास्थ्य केन्द्रलाई जग्गा उपलब्ध गराएको भएपनि नामसारी भने नभएको खुलेको छ । नामसारी नभएकै जमीनमा आधारभूत स्वास्थ्य केन्द्रको चार कोठे भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । हरिराम लुहारको नाममा भएको जमीन आधारभूत स्वास्थ्य केन्द्रको नाममा नामसारी गरेर मात्रै संरचना बनाउनुपर्ने भएपनि त्यसो नगरेको पाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार