लामिछानेले अनुसन्धानलाई प्रभावित गर्न मिल्दैन : एमाले महासचिव पोखरेल

धनगढी : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व गृहमन्त्री रवि लामिछानेले अनुसन्धानलाई प्रभावित गरेको बताएका छन्। बुधवार धनगढीमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिवर पोखरेलले अनुसन्धानलाई रोक्ने गतिविधि भइरहेका छन।

यो कानुनी राज्य माथिको उपास हो। उनले भने कुनै पनि विषयमा अभियोग लाग्दा अनुसन्धानको विषयमा सहयोग गर्नुपर्छ । अनुसन्धानको विषयबाट भाग्ने कुरा उचित नभएको हुदा गोर्खा मिडियामा सहकारीहरूबाट ६५ करोड बढी रकम गैरकानुनी रूपमा आएको छ। गोर्खा मिडियाका प्रबन्ध निर्देशक रहदा पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानलाई निसर्त सहयोग गर्नुपर्ने पोखरेलले बताएका छन्।

dashain shuvakamana
Discovery School

सहकारीको रकम कम्पनी सञ्चालनमा खर्च गर्नु गैरकानुनी भएकाले रवि लामिछानेमाथि पनि कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडी बढेको हुदा यसलाई क्लिन चिट दिइएको उनको तर्क गलत भएको बताए। सहकारीको रकम हिनामिनाको विषयमा थप अनुसन्धान प्रहरीले गर्दै आएको छ।

उनले भने संसदीय आयोगले कानुन अनुसार कारबाही गर्न भनेको छ। त्यस्तै उनले भने आजभोलि सामाजिक सञ्जालमा बढी विकृति फैलिएको हुदा त्यसमा सत्य नभएकोले प्रधानमन्त्री भ्रमणमै हुनुहुन्छ। कहीँ पनि विरोध र नाराबाजी भएको छैन समय नभएर कार्यक्रम स्थगित मात्र भएको हुँदा कसैले पनि यसमा विश्वास नगर्न पनि आग्रह गरेका छन्

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार