सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान सुरु गर्दै : कांग्रेसका युवा नेता पाण्डे

धनगढी : नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डे (आगो) ले सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान सुरु गरेका छन्। बुधवार आफ्नो जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिरको शौचालयमा सरसफाइ गरेर यस्तो अभियान सुरु गरेका हुन।

‘सरसफाइ नै मानव सभ्यताको प्रमुख आधार हो भन्ने उद्देश्यले आज मेरो जन्मदिनको अवसरमा पशुपतिनाथ मन्दिरको परिसरमा रहेको सार्वजनिक शौचालयमा सरसफाइ गरेर अभियान सुरु गरेको छु’ उनले भने ‘ यस अभियान अन्तरगत प्रत्येक हप्ताको बुधवारको दिन २ घण्टा सार्वजनिक विद्यालय, मठ मन्दिरहरूमा जनचेतना फैलाउँदै आफै गएर सार्वजनिक शौचालयहरूको सरसफाइ गर्ने छु।’

dashain shuvakamana
Discovery School

उनले केही सामुदायिक विद्यालयहरूमा जादाखेरी त्यहाँ रहेका शौचालयहरू फोहर भएको देखेपछि यो अभियान सुरु गर्ने योजना बनाएको बताए। उनले अभियान अन्तरगत आवश्यक परेको खण्डमा शौचालयमा प्रयोग गरिने फिनाइल, ब्रस, बाल्टिन, डस्टविन लगायतका सामग्री पनि सहयोग गर्ने बताए। उनले हप्ताको बुधवार जुन ठाउँमा पुगेको भए पनि त्यहाँ नै सरसफाइ गर्ने बताए। अभियान निरन्तर चल्ने उनको दाबी छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार