डोटीको बोगटानमा सुत्केरी आमालाई वडाको कोसेली कार्यक्रम सुरु

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका-६ गगुडामा सुत्केरी आमालाई वडाको कोसेली कार्यक्रम सुरु भएको छ ।

गगुडा स्वास्थ्य चौकीको समन्वय र वडा कार्यालयको सहयोगमा उक्त कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई प्रोत्साहन स्वरूप एउटा ब्लान्केट, एक क्रेट अण्डा, दुई प्याकेट आयोडिन नुन, एक प्याकेट खाने तोरीको तेल र एउटा हात धुने साबुन प्याकेज बनाएर कोसेली दिन लागिएको हो ।

dashain shuvakamana
Discovery School

कोसेली कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा प्रोटोकल अनुसार गर्भ जाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरूको घरमै गएर कोसेली दिनुका साथै आमा र नवजात शिशुको स्वास्थ्य सबल बनाउन आवश्यक सल्लाह तथा परामर्श दिइनेछ ।

घरमा हुने सुत्केरी सङ्ख्या शून्य पार्न तथा पूर्ण संस्थागत सुत्केरी वडासँगै कुपोषण न्यूनीकरण गर्नु यो कार्यक्रमको उद्देश्य रहेको गगुडा स्वास्थ्य चौकीका सिअहेव तथा सूचना अधिकारी शिशिर बोगटीले बताए ।

यो कार्यक्रम चालु आर्थिक वर्षभर सञ्चालन हुने र सुत्केरी भएको १० दिनभित्रै कोसेली उपलब्ध गराइने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार