राष्ट्रपतिद्वारा धनगढीका अग्रज पत्रकार भट्ट सम्मानित

काठमाण्डौं : प्रेस काउन्सिल नेपालले आफ्नो ५५औँ वार्षिक उत्सवका अवसरमा  धनगढीका अग्रज पत्रकारशिवराज भट्ट पुरस्कृत भएका छन ।  भट्ट, २० हजार रासीको प्रेस काउन्सिल सशक्त पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन ।  

भट्ट अन्नपूर्ण पोस्ट र एपीवान टेलिभिजनका सुदूरपश्चिम ब्युरोप्रमुख पनि हुन । राष्ट्रपति भवनमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले २० हजार रकम प्रमाणपत्र सहित सम्मानित गरेका हुन ।

dashain shuvakamana
Discovery School

योसँगै अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डार सहित ४ जना अन्नपूर्णकर्मी र एकजनाएपीवानकर्मी सम्मानित भएका छन ।
अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) लाई १ लाख ५१हजार रासीको गोपालदास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

यस्तै अन्नपूर्ण सम्बाददाता राजेन्द्र कार्की, कालिकोटका सम्बाददाता भरत विष्टलाई क्रियासील पत्रकारिता पुरस्कार र एपीवानकर्मी निरजराज जोशीलाई विधागत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व। गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उनको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो ।

त्यस्तै प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका पत्रकार बद्री सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपैयाँ रहेको छ । काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो ।

पत्रकार सिग्देलले विस २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका हुन। राष्ट्रपति रामचन्द्र पौडेल र सूचनातथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानतथा पुरस्कार वितरण गरेका थिए । काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागत सहितका पुरस्कार र विभिन्न अग्रजप त्रकारलाई सम्मान गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार