सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक बर्षको बजेट पारित

धनगढी : सत्तापक्ष तथा प्रतिपक्ष सांसदहरुको चर्को विरोधबीच सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक बर्ष २०८१/०८२ को बजेट पारित भएको छ । बजेटका कार्यक्रमहरुप्रति तीब्र विरोध भए पनि आइतबार बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठकमा बहुमतबाट बजेट पारित भएको हो । 

आर्थिक वर्ष सुरु भएको दुई महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्य लगत्तै बजेट कार्यक्रम प्रदेश सभा सदस्यहरुको हातमा पुग्यो । बजेट कार्यक्रम हेरेपछि सत्तापक्षीय सांसदहरु समेत निरास भए  । सांसदहरुको निरासा सँगै सुरु भयो संसदभित्र र बाहिर चर्को बिरोध । 

साउन २० गते काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार बन्यो । पद बहालीकै दिन मुख्यमन्त्री शाहले २५ लाखको सिलिङ, वित्तीय सुशासन लगायतका प्रतिवद्धता व्यक्त गर्यो । बजेटमा विचौलिया हाबी हुने अवस्था कडाईका साथ नियन्त्रण गर्ने भनियता पनि  बजेट आएपछि अधिकांस सांसदहरुले सरकारले आफ्ना प्रतिवद्धता बिर्सेर बजेट ल्याएको आरोप लगाउन थाले ।

प्रदेश सरकारले बजेट निर्माणको लागि ४ बुदे निर्देशिका र २५ बुदे प्रतिवद्धता लागू गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो । प्रदेश सभा सदस्यलाई पनि ती बुदालाई ध्यानमा राखेर योजनाहरु सिफारिस गर्न सरकारले आग्रह गरे पनि सरकारले सबै प्रतिवद्धताहरु लत्याएर मनपरी ढंगले बजेट ल्याएको भन्दै सत्तापक्षीय सांसदहरु नै विरोधमा उत्रिएका थिए । त्यस्को छनक आइतबार र शनिबारको प्रदेश सभा बैठकमा देखियो । 

आइतबार बजेटमाथिको छलफलका क्रममा सत्ता साझेदार नेकपा एमाले संसदीय दलका उपनेता सन्तोष कुमारी शर्मा थापाले बजेटमाथिको छलफल नै निरर्थक भएको बताए । उनले पहुचका भरमा बजेटमा योजनाहरु राखिएको गुनासो गरीन ।  एमालेकै प्रदेश सभा सदस्य दमन भण्डारीले बजेटमा आफ्नो पूर्ण असहमति रहेको बताउनु भयो  । उहाले बजेट दुई जिल्ला मात्रै केन्द्रित भएको दाबी गर्दै बजेट निर्माण गर्दा २५ लाख मुनिका योजना समावेस नगर्ने सरकारले भने पनि साना र टुक्रे योजनाहरु राखेको उनको गुनासो थियो । 

 सरकारले कमिसन खानकै लागि मात्रै बजेट ल्याएको भन्दै प्रतिपक्ष दलले पनि गुनासो राखे । प्रमुख प्रतिपक्ष दल नेकपा माओबादी केन्द्रका प्रदेश सभा सदस्य शिवसिंह ओलीले उपभोक्ता समितिबाट कमिसन नपाईने भएपछि सरकारले ठेकेदारमार्फत कमिसन खाने योजना बनाएको बताए ।  

सरकारले निर्माण गरेका योजना विचौलिया मार्फत आएको हो भन्ने हेक्का आफुसंग भएको उनको दावि छ । प्रतिपक्षी दल एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले एउटै आर्थिक वर्षमा दुई चोटी बजेट पेस गर्ने कार्य असंबैधानिक भएको बताए । 

एकीकृत समाजवादीका प्रदेश सभा सदस्य प्रकाश बहादुर रावलले बाहिर सस्तो लोकपृयताका लागि ४ बुदे र २५ बुदेको नारा लगाएको सरकारले व्यवहार ठिक उल्टो गरेको बताए । सत्तारुढ नेपाली काँग्रेसका प्रदेश सभा सदस्य  डम्मरी महराले सत्तामा जो सुकै आए पनि एउटै प्रवृत्ति देखिएको  र बजेट उपलब्धीमुलक हुने बताए । 

सदूरपश्चिम प्रदेशमा विगत देखिनै सरकारको बजेट प्रति तिब्र आलोचना हुँदै आएको छ । पछिल्लो समय  बजेट प्रति सत्तापक्ष कै सांसदहरु पनि रुष्ट हुने गरेका छन् । बहुमतका आधारमा चालू आर्थिक वर्षको बजेट पारित भए पनि बजेट कार्यान्वयन निकै चुनौतिपूर्ण हुने सम्भावना बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार