राजनीतिक द्धन्दलाई अन्त्य गर्ने उदेश्यले डिकोर्डिङ शोज नामक किताब सार्वजनिक

धनगढी : आज धनगढीमा डिकोर्डिङ शोज नामक किताबको सार्वजनिक र हस्तारन्तण कार्यक्रम सम्पन्न भएको छ ।

आशाको झोला ब्याग्स अफ होप संस्थाले उक्त कार्यक्रम गरेको हो । नेपालको राजनितिक भित्री द्धन्द लाई चिर्न  र समाजलाई विकास तर्फ लिने उदेश्यले  १९ वडाभित्रका समस्यालाई किताब मार्फत सार्वजनिक र हस्तारन्तण गरेको अयोजकले जनाएको छ।

Dengue

दुई युवा नितेश जोशी र दिपेश बाहोरा मिलेर नेपालको राजनितिलाई सही मार्गदर्शन गर्न र राजनीतिमा भएको व्यथितिलाई अन्त्य गरी सामाजलाई विकास तर्फ लाने उदेश्यले उक्त कार्यक्रम गरेको कार्यक्रमका अध्यक्ष्य निदेश जोशीले बताए ।

समाजलाई परिवर्तन गर्न कुनै एक व्यक्तिले म देश विकास गर्छु भनेर हुदैन  सबै युवाले हातेमालो गरेर अगाडी बढे्मात्र  दुर दराज गांउका समस्यालाई सवधान गर्ने सक्ने सन्देश आयोजकले दिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । “उनले भने प्रदेश सरकारको मुख्य मन्त्री भएको हिसाबले म सबै संग हातेमालो गर्न चाहान्छु” ।

धनगढी उपमहानगरपालिका भित्र अझै पनि धेरै समस्या छन् । अहिलेका नगरप्रमुखले जनताका समस्यामा लाई भन्दा पनि  जनतालाई भुलाउने काम मात्र गरेको   नेपाली कांग्रेस नेता तथा निवर्तमान धनगढी महानगरपालिकाका मेयर नृप ओडले बताए । उनले भने उहांलाई सोध्नुस् कि तपाईले आफनो पालामा यी मध्ये कुन योजन ल्याउनु  भयो  ।धनगढी उपमहानगरपालिकामा त्यस्ता ठाउं पनि छन् ।

जो उपमहानगरपालिकाकाभित्र पर्छ भन्न पनि भन्न लाज लाग्ने अवस्थाका छन् अझै हामि त्यस्ता ठांउमा पुग्न नसकेकोले अयोजकले  १९ वटा वडा पुगेर नगरभित्र भएका समस्या पहिचान गरेर हामिलाई अझै कामप्रति  उत्तरदायी बनाएको कार्यकारी नगर उप प्रमुख कन्दकला कुमारी रानाले बताइन् ।

डिकोर्डिङ शोज नामक किताबको सार्वजनिक र हस्तारन्तण कार्यक्रममा अयोजक दिपश बोहोरा, प्रमुख अतिथिमा मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता कमलबहादुर शाह ,विशिष्ट अतिथिमा नेकपा एमाले  नारद मुनि राना, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवा ,नेपाली कांग्रेस नेता नृप ओड, नगर उप प्रमुख कन्दकला कुमारी राना लगायतका विशिष्ट व्यक्ति उक्त कार्यक्रममा सहभागि रहेका थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार