कक्षा १२ मा सुदूरपश्चिमकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका कैलाली मोडलका निराजन पाण्डेय

स्मृति के.सी

धनगढी : धनगढी उपमहानगरपालिकाको दशौँ स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाबाट सम्मानित भएका छन्।

उपमहानगरको दशौँ स्थापना दिवसको अवसरमा धनगढी ४ उत्तरवेणीमा रहेको कैलाली मोडल का पाण्डे पुरस्कृत भएका हुन् । पाण्डेयलाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्टेजमा बोलाई प्रमाणपत्र र नगद २५ हजार सहित सम्मानित गरेका हुन् ।

Dengue

पाण्डेलाई सुदूरपश्चिममै कक्षा १२ को परीक्षा बोर्डद्वारा सञ्चालित परीक्षामा उत्कृष्ट जिपिए ३.९२ ल्याइएको भन्दै प्रशंसा गरिएको हो। पाण्डेले विज्ञान संकाय तर्फ सुदूरपश्चिमकै उत्कृष्ट नतिजा ल्याएका हुन्। कैलाली मोडेलका प्रिन्सिपल तपेन्द्र सिंह ले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी र विद्यालयलाई उपमहानगरले सम्मानित गर्दा निकै खुसी र धन्यवाद व्यक्त गरेका छन्।

उनले भनेका छन् यस कार्यले विद्यार्थी र विद्यालयको हौसला बढाउने कार्य भइरहेको छ। उपमहानगरपालिकाका मेयर नेपाल हमालले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा विद्यार्थीहरूको हौसला बढाउने र कृष्ण नतिजा ल्याउन सफल हुने सम्पूर्णलाई शुभकामना व्यक्त गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार