सुदूरपश्चिममा बजेट पेश गर्न माओवादी र एकीकृत समाजवादीको अवरोध

धनगढी : सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको अवरोधका कारण बजेट पेश गर्नका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को बजेट सोमबार प्रस्तुत गर्दै थियो । सोही प्रयोजनका लागि बोलाइएको बैठक माओवादी र एकीकृत समाजवादीले अवरोध गरेको हो ।

Dengue

बैठकमा माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले संविधान अनुसार प्रदेश सरकारको बजेट १ असारमा ल्याउनुपर्ने बताए ।

अहिले बजेट ल्याउनु संविधान र कानुन विपरीत हुने भन्दै पेश गर्न नदिने अडान लिए । माओवादी र एकीकृत समाजवादीका सांसदहरुले अवरोध जारी राखेपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार