बैतडी : बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीहरु बढेका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
अहिले उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी हुने गरेका जिल्ला अस्पताल बैतडीमा कार्यरत अहेव देवसिंह रावलले बताए । उनले सबैभन्दा बढी भाइरल ज्वरोका र त्यसपछि टाइफाइड, श्वासप्रश्वास लगायतको समस्या भएका बिरामी आउने गरेका बताए ।
जिल्ला अस्पतालमा दैनिक ३० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी पुग्ने गरेका उनले बताए । पछिल्लो समय जिल्लामा भाइरल ज्वरो मात्रै नभएर टाइफाइड, स्क्रब टाइफस, डेंगु लगायतका बिरामीहरु पनि फेला परिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्