बनेर नसकिंदै भत्किन थाले धनगढीको सहिदगेट-क्याम्पसचोक सडकको नाली (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । धनगढीको सहिदगेट-क्याम्पस चोक सडकमा पर्ने नालीहरु जिर्ण बन्दै गएका छन् । नाला निर्माण भएको एक वर्ष पनि नबित्दै नालामा गरिएका ढलान र राखिएका स्ल्याब जिर्ण बनेका हुन् ।

अहिले उक्त सडकखण्डमा पर्ने अधिकाशं क्षेत्रमा नाला भत्किएका छन् ।  

Dengue

नालामाथि राखिएका स्ल्याब भत्किंदा ठाउँठाउँका नालामा भ्वाङ्ग परेको छ । जसले सडकको सौन्दर्यता बिगार्नुका साथै जोखिम पनि बढाएको स्थानीयहरुले गुनासो गरेका छन् । ‘नाला बनेको १ वर्ष पनि नबित्दै भत्किसक्यो’, एक स्थानीयले भने, ‘यसले सडकको सुन्दरता बिगार्नुका साथै जोखिम बढेको छ ।’ 

अर्कोतर्फ निर्माण सकिएको १ वर्षमै नाला जिर्ण बनेपछि नालाको गुणस्तरमाथि पनि प्रश्न उठेको छ । निर्माणका क्रममै निर्माणको जिम्मा पाएको कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेकै कारण १ वर्षमै नाला भत्किएको स्थानीयले आरोप लगाएका छन् ।

त्यसो त धनगढीको मुख्य सडकपछि सबै भन्दा धेरै आवतजावत हुने उक्त सडक निर्माणको ठेक्का  कालिका कन्ष्ट्रक्सनले पाएको थियो । तर १ वर्षमै नालाको यो हविगत भए पछि ठेकेदार कम्पनिमाथि पनि प्रश्न उठ्न थालेको छ ।  थप फोटो फिचरमा हेर्नुहोस: 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार