सुदूरपश्चिम प्रदेश सरकारले भदाै ३१ गते संशोधित बजेट ल्याउने

धनगढी : सुदुरपश्चिम प्रदेश सरकारले यहि ३१ गते संशोधन गरिएको बजेट ल्याउने भएको छ।

शनिवार धनगढीस्थित मुख्यमन्त्री निवासमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले यही भदौ ३१ गते चालु आर्थिक वर्षको बजेट ल्याउने बताएका हुन्।

Dengue

मुख्यमन्त्री शाहले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको बताए। उनले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ, यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ।’

प्रदेश सरकारले बजेट निर्माणका लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयारी गरेको बताउँदै ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुद बनाउने उनको दाबी छ।

सुदूरपश्चिम प्रदेश चालु आर्थिक बर्ष सुरु भएकाे दुई महिनासम्म पनि बजेट विहीन छ । निवर्तमान मुख्यमन्त्री दिर्घबहादुर साेडारीले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेकाे भए पनि छलफल नै नभएर उनकाे नेतृत्वकाे सरकार केन्द्रीय गठबन्धनमा परिबर्तनपछि बिस्थापित भएकाे थियाे।

नयाँ केन्द्रीय समिकरण अनुसार साउन अन्तिम साता मुख्यमन्त्री नियुक्त भएका नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बल्ल बजेट ल्याउने भएका हुन्। सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति सरकारमा सहभागी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार