धनगढी : तीन दिनदेखि लगातार परेको झरीका कारण धनगढीको शिवपुरी धाम डुबानमा परेको छ ।
झरी नरोकिएपछि र जम्मा भएको पानीले उचित निकास नपाएपछि शिवपुरी धाम डुबानमा परेको हो । हाल शिवपुरी धाम क्षेत्र सम्पुर्ण जलमग्न बनेको छ ।
एशियाकै सबैभन्दा ठुलो शिवलिङ्ग भएको शिवपुरी धाम डुबानमा परेपछि शिवपुरी दर्शनका लागि आउने भक्तजन मर्कामा परेका छन् । शिवपुरी धाम धनगढी मात्र नभएर सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक गन्तव्य हो ।
तर लगातारको वर्षाका कारण शिवपुरी धाम जलमग्न बनेको छ । जलमग्न शिवपुरी धाम फोटो फिचरमा हेर्नुहोस:
प्रतिक्रिया दिनुहोस्